डढेलोमा फसेर ६ अग्नि नियन्त्रकको मृत्यु

२०८१ श्रावण १, मंगलवार

जोहानेसबर्ग : पूर्वी दक्षिण अफ्रिका जङ्गलमा डढेलोमा फसेर छ अग्नि नियन्त्रकको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

क्वाजुलु–नाताल प्रान्तमा एक हप्ताभन्दा बढी समयमा लागेको डढेलोमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । पिटरमारिट्जबर्ग शहरबाट करिब ४० किलोमिटर (२४ माइल) टाढा शिकारीहरूले सुरु गरेको आगोमा फसेपछि आइतबार तीन महिला अग्नि नियन्त्रकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अन्य तीनजनाको पछि अस्पतालमा मृत्यु भएको उमगेमनी नगरपालिकाका मेयर क्रिस पप्पासले बताए। अर्का एकजना अस्पतालमा जीवनमरणको दोसाँधमा छन् । कम्पनीले ज्यान गुमाउने छ जना अग्निनियन्त्रण र फरेस्ट्री सेवाका लागि सप्पी फरेस्टद्वारा अनुबन्धित निजी समूह भएको जनाएको छ । “प्रतिकूल मौसमको अवस्थाले अनियन्त्रित आगो अनियन्त्रित रूपमा बढेपछि अन्ततः टोलीका आठ सदस्य फसेका थिए”, सप्पीले एक विज्ञप्तिमा जनाएको छ ।

सुक्खा, तातो र हावाको अवस्थाका कारण आगलागीको जोखिमको चेतावनीका बीच जुलाई ६ यता क्वाजुलु–नातालका विभिन्न भागमा लागेको डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको एक प्रान्तीय अधिकारीले एएफपीलाई बताए । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार