नारायणी नदीमा दुई जनाको शव फेला

२०८१ श्रावण १, मंगलवार

काठमाडौं : नवलपरासी पूर्व मध्यविन्दु १२ तमासपुरस्थित नारायणी नदीमा दुई जनाको शव फेला परेको छ ।

आज मंगलबार दिउँसो अन्दाजी ३५/४० वर्षीय महिलाको शव फेला परेको छ, भने भरखरै पूर्वी नवलपरासीको गैडाकोट १० खरखरे नजिक ४०/४२ वर्षको पुरुषको शव भेटिएको प्रहरीले जनाकारी दिएको छ । तर, ती व्यक्ति यात्रु हुन् वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेकाे थियाे । दुर्घटनालगत्तै शुक्रबारदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह आज पनि खोजीकार्य जारी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार