वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी फेरि फुट्यो

२०८१ श्रावण १, मंगलवार

काठमाडौं : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल एकता भएको १६ महिनामै फुटेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट फुटेर गठित नेकपा बहुमत र वैद्य नेतृत्वको पार्टीबीच २०७९ चैतमा एकता भएको थियो । उक्त एकता भएको १६ महिनापछि धमेन्द्र बास्तोला कञ्चनले वैद्यसँगको एकता तोडेका हुन् । वैद्य नेतृत्वको पार्टीका सह-संयोजकसमेत रहेका कञ्चनले मंगलबार विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका छन् । उनले विज्ञप्तिमार्फत पार्टी विभाजन भएको संकेत गरेका हुन् ।

उनले दुई वर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफूहरूले कैयौं प्रयास गर्दा पनि एकता सफल हुन नसकेको जिकिर गरेका छन् ।‘एकता आज सफल नभए भोलि सम्भव छ, तर अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रोतर्फबाट भएका कैयौं प्रयत्नका बावजुद हामी सफल हुन सकेनौं । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौं’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार