
काठमाडौं : बुधबार छापावाल सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य २ हजार रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर १ लाख ४९ हजार ८ सय सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ७५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय ९५ रूपैयाँ कायम भएको छ ।