दक्षिणी गाजामा इजरायली आक्रमण तीव्र, थप ५७ जनाको मृत्यु

२०८१ श्रावण २, बुधबार

काठमाडौँ : गाजाको दक्षिणी क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा परी कम्तिमा ५७ जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी शहर खान युनिस र सेन्ट्रल गाजामा भएको आक्रमणमा परी २६ जनाभन्दा बढी घाइते भएका छन्।

पछिल्लो समय इजरायलले दक्षिणी गाजाको विभिन्न क्षेत्रमा आक्रमणलाई तीव्र बनाउँदा दैनिक ५० देखि १ सयभन्दा बढीको मृत्यु हुने गरेको छ।

इजरायलले पछिल्लो ९ महिनामा गरेको हवाई र स्थल आक्रमणमा परी हालसम्म हमासका मात्रै १४ हजारभन्दा बढी लडाकु मारिएका छन् भने ४० हजारभन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार