काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा साउन ६ गते (आइतबार) विश्वासको मत लिने भएका छन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते (आइतबार) विश्वासको मत लिने निर्णय भएको जानकारी दिए।
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीलाई धारा ७६(४) बमोजिम विश्वासको मत लिन एक महिनाको समयावधि छ। तर प्रधानमन्त्री ओलीले चाडै विश्वासको मत लिन लागेका हुन्।








