रुपन्देही : पूर्वी नवलपरासीको कावासोती नगरपालिका- ५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् ।
प्रहरीका अनुसार बुधबार बिहान सवा ११ बजे १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई कुटेर मारेको निहुँमा बाबुछोराको झगडा भएको थियो । ‘कुकुरलाई कुटेको निहुँमा झगडा हुँदा निराजनले ढुंगाले टाउकोमा हानेको र बुवाको घटनास्थलमै मृत्यु भएको पाइयो’, पौडेलले बताए ।
प्रहरी टोलीले छोरा निराजनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।