काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन् ।
गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२ औं जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरेका थिए ।
यसैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही रु एक लाखको छ भने युवा पुरस्कार रु ५० हजारको छ । पुरस्कारको घोषणा भने गत वैशाखमै गरिएको थियो ।