बढ्यो सुनको मूल्य

२०८१ श्रावण ७, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय १० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १७ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार