पूर्वराज्यमन्त्री राय हत्यामा संलग्नलाई कडा कारबाही गर्न राप्रपाको माग

२०८१ श्रावण ७, सोमबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

गए राति सर्लाहीस्थित घरमा रायको हत्या भएको थियो। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सोमबार विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य जाँचबुझ गर्न र घटनामा संलग्नको खोजी गर्दै कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य, तराई-मधेस क्षेत्रको लोकप्रिय नेता गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ।

490d5d49-c20c-4612-a8e4-6cdd219e983d-1721628235.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार