नाकभित्रको नसा फुटेको रहेछ, अहिले ठिक छु: हरिवंश आचार्य

२०८१ श्रावण ७, सोमबार

काठमाडौँ : कलाकार हरिवंश आचार्यले आफू सामान्य अवस्थामा रहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै आचार्यले आफू सामान्य अवस्थामा रहेको जानकारी दिएका हुन्।

उनले लेखेका छन्,’नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाई टाल्ने काम भईसकेको छ र अहिले सामान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको छु।’

शनिवार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा आचार्य बिराटनगर पुगेका थिए। आइतबार उनको नाकबाट अचानक रगत बगेपछि त्यहाँस्थित विराट नर्सिङ होममा भर्ना भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार