मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

२०८१ श्रावण ७, सोमबार

बाँके : बैजानाथ गाउँपालिका-६ सम्झना चोकस्थित सडकमा बर्दियाबाट कोहलपुरतर्फ जाँदै गरेको भे.५ प ७२१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री बैजानाथ गाउँपालिका-६ बस्ने ७० वर्षीय तिल बहादुर पुनको सोमबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार