काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षकमा सिफारिस भएका छन् ।
सोमबार गृह मन्त्रालयका सचिवको नेतृत्वमा हुने बढुवा सिफारिस समितिको बैठकले जोशीलाई एआईजीमा सिफारिस गरेको हो । एआईजी उमेशराज जोशी अवकाश भएपछि रिक्त पदमा जोशी सिफारिस भएका हुन् ।






