कुलेश्वरमा कार दुर्घटना, ३ जना पैदलयात्री घाइते

२०८१ श्रावण ८, मंगलवार

काठमाडौँ : काठमाडौँको कुलेश्वरमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

कालिमाटीबाट बल्खुतर्फ जाँदै गरेको बा.११ च ५९१६ नम्बरको कारले ठक्कर दिँदा ३ जना पैदल यात्री घाइते भएको प्रहरी वृत्त कालिमाटीका डिएसपी रूपक खड्काले बताए । विपरीत दिशाबाट आउँदै गरेका यात्रुलाई कारले ठक्कर दिएको हो । घाइतेहरूलाई उपचारका लागी बल्खु स्थित बयोधा अस्पतालमा पठाइएको छ ।

घाइतेहरूको विवरण सङ्कलन भइरहेको डिएसपी खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार