ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा सर्प आतंक भएको छ । जिल्लामा चार दिनमा तीन जना सर्पको टोकाइबाट घाइते भएका छन्। जिल्लाको फुङलिङ नगरपालिका १० फुरुम्बुका २४ वर्षका सृजना राई घर छेउको बारीमा घाँस काट्ने क्रममा सर्पले टाउकोमा टोकेर विरामी भएकी छिन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कमल कुमार लंगेलीले सोमबार घाँस काट्ने क्रममा राईलाई सर्पले टोकेको बताए। राईको उपचार जिल्ला अस्पतालमा हुन नसकेपछि सर्पदंस केन्द्र चारआलि झापा लगिएको बताइएको छ।
त्यस्तै गत साउन ५ गते शनिबार मेरिङ्देन गाउँपालिका वडा नम्बर १ थिङलाबुमा पनि सर्पको टोकाईबाट ८२ वर्षकी वृद्ध फुलमाया लिम्बु शक्त घाइते भएकी थिइन । वृद्ध लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रनि लुंगेलीले बताए।
गत शुक्रबार पाथिभरा याङवरक गाउँपालिका १ नाङखोल्यङमा सर्पले टोक्दा ५२ वर्षका भिमबहादुर राई घाइते भएका छन्। बारीमा काम गरि घर फर्कने क्रममा सर्पले दोक्दा दाहिने खुट्टा सुन्निएको छ। उनको उपचार जिल्ला अस्पताल ताप्लेजुङमा हुन नसेकेपछि चारआलि झापामा रेफर गरिएको जिल्ला अस्पतालले बताएको छ।





