सांसदले दिएको घुसबारे अनुसन्धान भइरहेको छ: गृहमन्त्री लेखक

२०८१ श्रावण ८, मंगलवार

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले सांसदले दिएको पाँच हजार घुसबारे अनुसन्धान भइरहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लेखकले प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको बताएका हुन्।

उनले भने, ‘माननीय सदस्य ज्युले आफ्नो छोराको सर्टिफिकेट झिक्न बिचौलियालाई पैसा दिएको भन्ने कुरा छ। मैले उहाँलाई व्यक्तिगत रुपमा नै कुरा गरेर सो मान्छेलाई चिनाउन सहयोग गर्न आग्रह गरेको छु। र प्रहरीलाई पनि यो विषय अनुसन्धान गर्न निर्देशन दिइसकेको छु। यो विषयलाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार