नेप्सेको उकालो यात्रा कायमै, ७५ अंकले बढेर २५६३ विन्दुमाथि

२०८१ श्रावण ८, मंगलवार

काठमाडौँ : सेयर बजारको बढ्ने क्रम मंगलबार पनि जारी रहेको छ। आज नेप्से परिसूचक ७५.३३ अंक (३.०२ प्रतिशत)ले बढेर दुई हजार पाँच सय ६३.४३ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि क्रमशः दुई र तीन प्रतिशतभन्दा धेरैले बढेका छन्।

कुल ३१७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँबराबरको कारोबार भएको छ। पछिल्ला केही दिनहरूमा कारोबार रकम लगातार १० अर्बभन्दा माथि रहँदै आएको छ।

आज २२० कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको मूल्यमा मात्रै गिरावट आएको छ। आधा दर्जन बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गणपति लघुवित्तको सेयरले सर्वाधिक पाँच प्रतिशतले मूल्य गुमाएको छ।

बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङ कम्पनी, साहस ऊर्जा र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को मूल्यमा सकारात्मक सर्किट लागेको हो।

समूहगत रूपमा पनि नेप्सेका सबै समूहको सूचक बढेका छन्। व्यापार समूह पाँच प्रतिशतभन्दा धेरैले बढ्दा जीवन बिमा र निर्जीवन बिमामा चार प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार