बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२०८१ श्रावण ९, बुधबार

भक्तपुर : भक्तपुरमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

गएराति भक्तपुर नगरपालिका– ६ डेकोचामा बसको ठक्करबाट पहिचान नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ। भक्तपुरकै व्यासीबाट कमलबिनायक तर्फ जाँदै गरेको बागमती ३ ख ५०८० नम्बर बसले ठक्कर दिँदा उनका मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरीक्षक राजन कार्कीले जानकारी दिए।

‘उनको पहिचान खुल्न बाँकी छ,’ कार्कीले भने। ठक्कर दिने बस र त्यसका चालक मकवानपुरको हेटौँडा घर भएका ४५ वर्षीय अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार