हेटौंडामा श्रीमानश्रीमती मृत फेला

२०८१ श्रावण ९, बुधबार

हेटौंडा : हेटौंडा उपमहानगरपालिका- ५ भैरवरोडमा श्रीमानश्रीमती मृत अवस्थामा फेला परेका छन् । प्रहरीको अनुसार ६२ बर्षीय केशव भण्डारी र ५६ बर्षीय अम्बिका भण्डारी मृत भेटिएका हुन् ।

आफ्नै घरमा मृत भेटिएका दुबैको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा हेर्दा श्रीमानले श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गररे पछि आफू झुन्डिएको देखिएको डीएसपी लक्ष्मी भण्डारीले बताए ।

महिलाको घाटीमा गहिरो चोट देखिएको उनको भनाइ छ । अहिले मकवानपुरका प्रहरी प्रमुख एसपीसहितको टोली घटनास्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार