काठमाडौँ : काठमाडौँ महानगरपालिका–१५ स्थित स्वयम्भुमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मनाङ घर भएर स्वयम्भु बस्ने ७६ वर्षीया छिमी दोर्जे गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । मंगलबार दिउँसो मुस्ताङ गुम्बा नजिक बा.२ ख ५३२४ नम्बरको बसले गुरुङलाई ठक्कर दिएर भागेको हो ।
फरार बसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





