डेढ वर्षीया छोरीसहित परिवार छाडेर अस्ताए उद्धव

२०८१ श्रावण ९, बुधबार

काठमाडाैं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेमध्येका एक एरोनटिकल इन्जिनीयर उद्धव पुरी नागार्जुन नगरपालिका रामकोट स्थायी घर भएका धर्मराज पुरीका कान्छा छोरा हुन्।

चार वर्षअघि भारतको बैंग्लोरबाट एरोनटिकल इन्जिनीयर पढेका उद्धवले नेपाल एयरलाइन्समा अन्डर जब ट्रेनिङ (यूजेटी) गरेका थिए । उनले शुरूको ८ महिना नेपाल एयरलाइन्समै काम गरे । पछि उनी सौर्यमा काम गर्न थाले । उद्धवकी डेढ वर्षीया छोरी छिन् । श्रीमानको जहाज दुर्घटनामा मृत्यु भएको खबर सुनेपछि सिर्जना टिचिङमा पुगेकी थिइन् ।

चार वर्षअघि मात्रै सिर्जना र उद्धवको विवाह भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार