विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

२०८१ श्रावण १०, बिहीबार

काठमाडौं : सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ।

बुधवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सौर्य एयरलाइन्सको दुर्घटनामा ज्यान गुमाएकाहरूको शोक मनाउने निर्णय गर्दै आज राष्ट्रिय झण्डा आधा झुकाउन लागेको हो। बुधवार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान भित्रुभवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उडेको २०–२२ सेकेन्डमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार