दैलेखमा जङ्गली च्याउ खाँदा ४ जना बिरामी

२०८१ श्रावण १०, बिहीबार

दैलेख : जङ्गली च्याउ खाँदा दैलेखमा चार जना बिरामी परेका छन्। डुगेश्वर गाउँपालिका –२ लाकुरीमा च्याउ खाँदा एकै घरका चार जना बिरामी परेका हुन्।

बिरामी हुनेमा बर्ष ३० कि अमृता बिक, १३ वर्षीया छोरी मिना, ९ वर्षीया छोरी रन्जना, ५ वर्षीया छोरी शर्मिला रहेको जनाइएको छ। च्याउ खाएदेखि उनीहरु बिरामी परेको २ का वडाअध्यक्ष याम बहादुर विष्टले बताए।

बिरामीहरूमा लगातार बान्ता हुने भइरहेको छ। उनीहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार