हाम्रो पार्टीविरुद्ध तानाबाना बुनिँदैछन् : माधव नेपाल

२०८१ श्रावण १०, बिहीबार

 

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्ध अनेकौं किसिमको षड्यन्त्र भइरहेको जिकिर गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले षड्यन्त्रको मूल्यांकन गरेर सतर्कता अपनाउनुपर्ने बताए ।

नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा पनि नयाँ नयाँ घटना भइरहेका छन्, त्यसमा हाम्रो ध्यान गइरहेको छ । हामी बेखबर र निक्रिष्य हुन पनि सक्दैनौं । हाम्राविरुद्ध अनेकौं किसिमको तानाबाना बुनिँदैछन् भन्ने सुन्नमा आइरहेको छ। कति सत्य हो असत्य हो थाहा छैन । त्यो प्रवृत्तिको जानकारी लिएर मूल्यांकन गरेर आफ्नो स्थानमा सतर्कता अपनाउनुपर्छ ।’

उनले विभिन्न राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्दै सबै पार्टीबाट सूचनाहरू लिनपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार