कयर खोलाले बगाउँदा एकजनाको मृत्यु

२०८१ श्रावण ११, शुक्रबार

चितवन : चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ।कालिका–१० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। बिहीवार साँझ ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई बगाएको थियो।

खोलाले बगाएर बेपत्ता भएका उनको आज बिहान ६ः२० बजेको समयमा शव फेला परेको हो। खोलाले बगाएको ठाउँबाट करिब डेढ किलोमिटर तल निपुवाटारस्थित खोला किनारमा चेपाङको शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार