काठमाडौँ : सौर्य जहाज दुर्घटनामा घाइते भएका पाइलन मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष(आईसीयू) बाट सामान्य वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई सामान्य वार्डमा सारिएको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिइन् ।
अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई निगरानीका लागि आईसीयूमा राखिएको थियो । बिहीबार साँझ भने उनलाई क्याबिनमा सारिएको छ । क्याप्टेन शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।