
विराटनगर : कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । शुक्रबार माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएसँगै माओवादी कोशी सरकारबाट बाहिरिएको हो ।
शुक्रबार राजीनामा दिए पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिएको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतिले जानकारी दिए । उप्रेतिका अनुसार माओवादी केन्द्रको संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्नेछ । उप्रेतिले भने ‘आज राजीनामा बुझाएका हौं । संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं ।’
माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा माओवादीकातर्फबाट ३ जना मन्त्री र एक जना राज्यमन्त्री सहभागि भएका थिए ।