
काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका–२९ स्थित केराबारीमा बसजस्तै आकृतिको बस्तु देखिएको छ ।
त्रिशूलीको बिच भागमा देखिएको बस्तु यकिन गर्न गोताखोरलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले हाम्रोदेशलाई बताए । असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए ।