सुरक्षाकर्मीले रोक्दारोक्दै १७ वर्षीया किशोरी महाकालीमा हाम्फालिन्

२०८१ श्रावण १२, शनिबार

दार्चुला : शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरीले हाम फालेकी हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी छन्। कुँवर दुहुँ गाउँपालिका–४ दाराकी हुन्। हाल उनी महाकाली नगरपालिका–४ मा दिदीको घरमा बस्दै आएकी थिइन्।

ती किशोरीले महाकालीमा हाम फालेको भिडिओ सार्वजनिक भएको छ। उर्लिंदो महाकालीको किनारको सानो पिल्लरमा किशोरी अडेस लागेर उभिएकी छन्। नजिकै धेरै मान्छेको भीडभाड छ। कोही भिडिओ बनाइरहेका छन्। एकछिनमा ती किशोरी भएनजिक एक जना सुरक्षाकर्मी पुग्छन्।उनको उद्धार गर्ने प्रयास गर्छन्। तर सुरक्षाकर्मीले रोक्दारोक्दै ती किशोरी हत्तपत्त महाकालीमा हाम्फाल्छिन्।

शनिबार धौलीगंगा बाँध खोलिएकोले महाकालीमा पानीको बहाब पनि बढेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लागेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार