गाडीको ठक्करले आठ पैदलयात्रीको मृत्यु, पाँच घाइते

२०८१ श्रावण १३, आईतवार

काठमाडाैं : मध्य चीनको चाङ्सा सहरमा शनिबार बिहान पैदलयात्रुलाई गाडीले ठक्कर दिँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच घाइते भएका छन् ।

हुनान प्रान्तको राजधानी चाङ्सामा मध्यरातपछि उक्त घटना भएको प्रहरीले विज्ञप्तिमा जनाएको छ । उक्त घटना दुर्घटना थियो वा जानीजानी गरिएको आक्रमण हो भन्ने हालसम्म स्पष्ट नभएको प्रहरी अधिकारीहरूले बताएका छन् । उक्त क्षेत्रमा बसोबास गर्ने ५५ वर्षीय संदिग्ध व्यक्तिलाई हिरासतमा लिएको र अनुसन्धान जारी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समय चीनमा सवारीसाधन प्रयोग गरी आक्रमण गर्ने क्रम बढेकाले यस घटनालाई पनि शंकास्पद रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार