पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने २ सडक बन्द

२०८१ श्रावण १३, आईतवार

मकवानपुर : हेटौँडा काठमाडौँ जोड्ने २ सडक पहिरोका कारण अवरुद्ध भएका छन् । पहिरोका कारण कान्ति लोकपथ र भैँसे भिमफेदी काठमाडौँ सडक अवरुद्ध भएका हुन् ।

अविरल वर्षाका कारण कान्ति लोकपथ सडक खण्डको ६ स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति १२ः४५ बजेको समयमा भिमफेदी ८ कालो पहिरो, बकैया–१२ माने घुम्ती, ठिंगन बजार, चौताराभिर, बकैया–११ आले गाँउ, खोरभन्ज्याङ स्थित सडकमा माथिबाट पहिरो खस्दा बाटो पूर्णरुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको र बाटो सञ्चालनमा ल्याउन ३ घण्टा समय लाग्ने प्रहरीको भनाइ छ ।

त्यस्तै पहिरोका कारण भैँसे भिमफेदी काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ । गए राति ११ः५० बजेको समयमा भिमफेदीऔ४ रातोमाटेमा माथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको छ । उक्त पहिरो पन्छाउन केही घण्टा समय लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार