काठमाडौँ : मध्य चीनको हुनान प्रान्तमा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। बाढीसँगै आएको पहिरोमा स्थानीय अतिथिगृह क्षतिग्रस्त हुँदा १८ जना पुरिएका थिए। जसमा हालसम्म ११ जनाको शव फेला परेको छ। अन्य छ जना घाइतेको उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता छन्।
घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको छ। रासस





