हिट चरणबाटै बाहिरिइन् डुवाना

२०८१ श्रावण १३, आईतवार

काठमाडौं : पेरिस ओलम्पिक २०२४ अन्तर्गत पौडीमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिएकी छन् ।

महिला २०० मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेण्डमा पूरा गरिन् । हिट १ मा प्रतिस्पर्धा गरेकी उनी आफ्नो हिटमा सातौँ (अन्तिम स्थान) भइन् ।

डुवानाले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार