काठमाडौँ : काठमाडौँ महानगरपालिका-१४ बल्खु चोकस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बालको मृत्यु भएको छ ।
ना.६ ख २२०३ नम्बरको ट्रकले बा.प्र.०२-०१६ प ७११४ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिएको थियो । स्कुटरमा पछाडि सवार बल्खु बस्ने रौतहट राजपुर नगरपालिका-१ घर भएकी ३५ वर्षीया सरिता कुमारी गुप्ताको छोरा १३ वर्षीय आदित्य गुप्ताको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





