खाना पकाउने ग्याँस लिक हुँदा जलेर महिलाको मृत्यु

२०८१ श्रावण १३, आईतवार

चितवन : चितवनमा खाना पकाउने ग्यास लिक हुँदा जलेर महिलाको मृत्यु भएको छ।

खैरहनी नगरपालिका ६ की ३१ वर्षीया चिनुमाया श्रेष्ठले खाना पकाउने क्रममा ग्याँस लिक हुँदा उनको शरीर जलेको थियो । घाइते श्रेष्ठलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार