रास्वपालक्षित गोकुलको कटाक्ष: माछी आफै ढोक्सातिर जान्छ भने माझीको के दोष

२०८१ श्रावण १५, मंगलवार

काठमाडौँ : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित गर्दै माछी आफै ढोक्सातिर जान्छ भने माझीलाई दोष दिन नहुने बताएका छन्। मंगलबार प्रतिनिधि सभामा बोल्दै बास्कोटाले नयाँ भन्नेहरू पनि आखिर सत्ताको पासोमा परेको बताएका हुन्।

उनले भने, ‘सत्ताको लोभमा किन परेको। कसैले पनि यो नैतिकता देखाउनुभएन। मसँग जनताहरूले दिएको म्याण्डेड पुग्दैन। नयाँ आउनु भएका साथीले पनि हामी नयाँ छौँ केही समय धर्यतापूर्वक हेरौँ। ठिक लाई ठिक बेठिकलाई बेठिक भन्नु हुन्छ। त्यो पनि गरेर हेरौँ भन्नु भो ? उहाँहरू के को पासोमा पर्नुभयो। ढोक्सो थापौँ भन्या छ। अब माझीको के दोष सभामुख महोदय, माछी जान हुँदैन त्यो ढोक्सातिर, हाम फालेर। आखिरी सत्ताको पासोमा त पर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार