नेप्से २७ सय अंक नजिक, मंगलबार १७ अर्बभन्दा बढीको कारोबार

२०८१ श्रावण १५, मंगलवार

काठमाडौं : बजार परिसूचक नेप्से मंगलबार ३५.५५ अंकले बढेको छ। सोमबार २० अङ्कको गिरावट आएको नेप्सेमा मंगलबार उच्च अंकको वृद्धि भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार ३५.५५ अंकको वृद्धिसँगै नेप्से २६९६.६५ विन्दुमा पुगेको छ। नेप्सेमा मंगलबार १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख कित्ता सेयर किनबेच भएको छ ।

८१ कम्पनीको सेयर मूल्य बढ्दा आज जम्मा ८ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ । बैंकिङ, म्युचुअल फण्ड, नन्लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् ।

मंगलबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.२३ अङ्कले बढ्दै ४८५.३८ विन्दुमा उक्लिएको छ । हिमालय रिइन्स्योरेन्सको सबैभन्दा बढी ६० करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार