माओवादी केन्द्रको स्थायी समिति बैठक २५ साउनमा बस्ने

२०८१ श्रावण १५, मंगलवार

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टीको भावी कार्यक्रमबारे स्थायी समितिमा पनि छलफल गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा सकिएको पदाधिकारी बैठकले स्थायी समिति बैठकमा पनि पार्टीको बदलिंदो भूमिकाबारे छलफल गर्ने निर्णय गरेको हो । प्रवक्ता अग्नि सापकोटाका अनुसार आगामी २५ साउनमा स्थायी समिति बैठक बस्ने निर्णय भएको हो ।

माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि गत शुक्रबारदेखि सचिवालय बैठक बोलाइएको थियो । २२ जनाको पदाधिकारी बैठक पाँच दिनसम्म चल्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार