न्याय परिषद्ले गर्‍यो जिल्ला र उच्च अदालतका ९१ न्यायाधीशको सरुवा

२०८१ श्रावण १५, मंगलवार

काठमाडौँ : न्याय परिषद्ले ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको छ ।

प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना गरी ९१ जना न्यायाधीशको सरुवा गरेको हो । उच्च अदालत पाटका न्यायाधीश धीरबहादुर चन्दलाई  उच्च अदालत जनकपुर राजविराज इजलासमा पठाइएको छ भने  उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासमा रहेका न्यायाधीश लेखनाथ पौडेललाई उच्च अदालत पाटनमा ल्याइएको छ । उनी उच्च अदालत पाटनमा काजमा थिए ।

यस्तै उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेतमा सरूवा गरिएको छ भने उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानलाई भने  उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा पठाइएको छ ।

जिल्ला न्यायाधीशहरूको पनि व्‍यापक सरूवा गरिएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश (काज: सर्वोच्च अदालत) महेन्द्रबहादुर कार्कीलाई काठमाडौं जिल्ला अदालतमा सरूवा गरिएको छ भने  डडेल्धुरा जिल्ला अदालतका न्‍यायाधीश (काज: चितवन जिल्ला अदालत) दयाराम ढकाललाई चितवन जिल्ला अदालतमा सरूवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार