दुई सहसचिव सचिवमा बढुवा सिफारिस

२०८१ श्रावण १५, मंगलवार

काठमाडौँ : न्याय सेवा आयोगले दुईजना सहसचिवको सचिवमा बढुवाका लागि सिफारिस गरेको छ।

रक्षा मन्त्रालयका सहसचिव आलोकचन्द्र श्रेष्ठ र नेपाल कानुन आयोगका सहसचिव पाराश्वर ढुंगानालाई सचिवमा बढुवा तथा पदस्थापन सिफारिस गरिएको हो। मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा र ढुंगानालाई कानुन आयोगको सचिव पदमा बढुवा तथा पदस्थापनको लागि सिफारिस गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षत्रीले जानकारी दिए।

न्याय सेवा आयोगको सिफारिसअनुसार, अब बस्ने मन्त्रिपरिषद्को बैठकले नियुक्ति र पदस्थापनको निर्णय गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार