भक्तपुरमा नदी करिडोरमा बाढी पस्यो, २८ जनाको उद्धार

२०८१ श्रावण १६, बुधबार

भक्तपुर : भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको छ । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट २८ जनालाई उद्धार छ।

बाढीका कारण सूर्यबिनायक नगरपालिका वडा नम्बर–२ र ४ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ का बासिन्दा प्रभावित भएका हुन् । सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले २८ जनालाई सुरक्षित स्थानमा सारेको र डुबानमा परेका सामान निकाल्ने प्रयास भइरहेको बताइएको छ। ।

सूर्यबिनायक नगरपालिका–४ स्थित मोर्डन कलेज अगाडी मगर गाउँमा महादेव खोला बस्तीमा पसेको छ सूर्यबिनायक नगरपालिका–२ बालकोट र मध्यपुर थिमी नगरपालिका–१ मा मनोहरा खोला आसपासको बस्तीमा पसेको छ । खोला किनारका गाईगोठ र टहरामा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार