एकीकृत समाजवादी केन्द्रीय कमिटीलाई पूर्णता दिँदै

२०८१ श्रावण १६, बुधबार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बस्दै छ । बुधबार  बस्ने बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

‘बैठकमार्फत केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ । सकभर आजै नभए भोली सम्ममा टुङ्गिन्छ’, खतिवडाको भनाइ छ । नेकपा एकीकृत समाजवादीका नेताहरूका अनुसार आकाङ्क्षी धेरै भएपछि २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिन नेताहरूलाई सकस भएको छ ।

पार्टी नेता राजेन्द्र पाण्डेले विधानमा १० प्रतिशत सदस्य थप्न सकिने व्यवस्था भएकाले त्यसबारे समेत छलफल हुनेछ । असार २१ गते अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय अपुरो केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीले अहिलेसम्म पूर्णता दिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार