काठमाडौँ : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । बुधवार उनले समितिको सभा कक्षमा शपथग्रहण गरेकी हुन् ।
सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनीयताको शपथ ग्रहण गराएका हुन्। यसअघि समितिको सभापति रहेकी आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी थिइन् ।
शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।





