ढल्कुमा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु

२०८१ श्रावण १६, बुधबार

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१७ ढल्कुस्थित पोडेटोलमा दुई समूहको बिचमा झडप भएको छ । झडपमा खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय अनिल पुजारी छन् ।

छिमेकीसँग विवाद हुँदा अर्को समूहले खुकुरी प्रहार गर्दा अनितको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले हाम्रोदेशलाई बताए । ६ जना घाइते भएका छन् । झडप हुँदा पोडेटोल घर भएका ५२ वर्षीय सुबिन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन् ।

घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षका रबिन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी छन् । घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार