संविधान दिवसमा ६०१ कैदीलाई कैद मिनाहाको तयारी

२०८१ श्रावण १६, बुधबार

काठमाडौँ : यो वर्षको संविधान दिवसका दिन देशका विभिन्न जेलमा रहेका ६०१ कैदीलाई कैद मिनाहाको प्रस्ताव अगाडि बढाउने तयारी गरिएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कारागार व्यवस्थापन विभाग महानिर्देशक जयनारायण आचार्यले असल चालचलनका आधारमा ६०१ कैदीलाई कैद माफीको प्रस्ताव अघि बढाउन लागिएको जानकारी दिए । देशका ७२ जिल्लाका ७५ कारागारमा हाल २८ हजार ६१३ कैदीबन्दी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार