काठमाडौं : नेपाल सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो । राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
सोमबारकै मन्त्रिपरिषद् बैठकले चीन, अस्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत राजदूतलाई भदौ १५ भित्र फर्की सक्ने गरी फिर्ता बोलाएको छ ।
यी हुन् १८ सिफारिस राजदूत :
१. डा. शंकर प्रसाद शर्मा – भारत
२. कान्ता रिजाल –अस्ट्रेलिया
३. नरेशविक्रम ढकाल –साउदी अरेबिया
४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६. रामकृष्ण भट्टराई – श्रीलङ्का
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोक दर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११. डा. शिवमाया तुम्बाहाम्फे– दक्षिण कोरिया
१२. जङ्गबहादुर चौहान – रुस
१३. रमेशचन्द्र पौडेल – कतार
१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
१५. सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रिता धिताल – पाकिस्तान





