काठमाडौँ : वर्षायामसँगै डेंगुको संक्रमण तीव्र रुपमा पैलिएको छ। नेपालका ७३ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। ती जिल्लाहरुमा २ हजार ६१ जना डेंगु संक्रमित फेला परेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको छ। नेपालभर २ हजार ६१ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन्। काठमाडौँमा सबैभन्दा धेरै २४९ जना डेंगु संक्रमित फेला परेका छन्।





