एमाले सचिवालय बैठक आज बस्दै

२०८१ श्रावण १७, बिहीबार

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’ गौतमको भनाइ छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।

यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार