नवनियुक्त तीन प्रदेश प्रमुखहरूको आज शपथ ग्रहण

२०८१ श्रावण १७, बिहीबार

काठमाडौँ : नवनियुक्त तीनजना प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

राष्ट्रपति भवन शीतल निवासमा आज साँझ पाँच बजेका लागि शपथ कार्यक्रमको समय तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई बुधवार नियुक्त गरेका थिए।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी, बागमती र कर्णालीका प्रदेश प्रमुखमा उनीहरूलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार