आज दिउँसो देशैभर पानी पर्ने सम्भावना

२०८१ श्रावण १७, बिहीबार

काठमाडाैं : देशका केही भेगमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशैभर पानी पर्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

शुक्रबारसम्म वर्षाको सम्भावना छ । विशेषगरी रातको समयमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले शुक्रबार रातिसम्म नै वर्षा हुने बताए । दिउँसोभन्दा राति बढी पानी पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार